सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने ठगीको नियमन गर्न सांसदको माग

images
सोमबार, असार २३ २०८२
images
images
वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने ठगीको नियमन गर्न सांसदको माग

सांसद रमाले वैधानिक बाटोबाट सुरक्षा गार्डको काममा गएकालाई सम्झौताभन्दा कम पारिश्रमिक दिएको पाइएकाले दोषीलाई कारबाही गर्न माग गरिन्।

images
images

काठमाडौं- सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीमाथि म्यानपावर कम्पनीलगायतले ठगी गरिरहेको उल्लेख गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

images
images

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रमा कोइराला पौडेलले मलेसियामा रहेका चार लाख नेपालीले दुःख पाएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्। वैधानिक बाटोबाट सुरक्षा गार्डको काममा गएकालाई सम्झौताभन्दा कम पारिश्रमिक दिएको पाइएकाले दोषीलाई कारबाही गर्न माग गरिन्।

images
images

विदेशमा पनि केहीले मिटरब्याजका नाममा श्रमिकको शोषण गरिरहेको आफूले मलेसिया भ्रमणका क्रममा पीडितहरुबाट जानकारी पाएको उल्लेख गर्दै उनले यसमा सरकारको ध्यानाकर्षण गराइन्।

images
images
images

सांसद सूर्यबहादुर थापा क्षत्रीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगीमा मुछिएकालाई कानूनी कारबाहीको दायरामा ल्याउन संरचना निर्माण भए पनि भइरहेका गतिविधिका बारेमा नियमित रुपमा संसदमा जानकारी गराउन माग गरे। सहकारी ठगी गरी विदेशमा गएकालाई पक्राउको प्रक्रिया सुरु गर्नुपर्ने र यससम्बन्धी विवरण गृहमन्त्रीले नियमित रुपमा संसद्मा जानकारी गराउनुपर्ने उनको माग छ।

सांसद महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको सुधार गर्न माग गरे। त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न पनि सांसद शाहीले सरकारको ध्यानाकर्षण गराए। केही दिनअघि संसदीय समितिबाट अवलोकन भ्रमणमा जाँदा विश्वविद्यालयको महिला छात्रावासलगायत स्थलमा समस्या देखिएकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए।

सांसद मेटमणि चौधरीले दाङको लमही बजारलाई व्यवस्थित गर्न माग गरे। सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशको सर्लाही प्रहरी प्रमुखले असार ९ गते पूर्वप्रदेशसभा सदस्यको घर परिवारलाई गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे। उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्न उनको माग छ। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend