सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

लगातार ६ दिनको कारोबारमा ११० अंकले बढेको सेयर बजार ओरालोतिर

सोमबार, असार २३ २०८२
लगातार ६ दिनको कारोबारमा ११० अंकले बढेको सेयर बजार ओरालोतिर

काठमाडौं- गएको साता समग्रमा १०८.१९ अंक र यो साता पहिलो कारोबारमा आइतबार २.४० अंकले बढेको सेयर बजार आज सोमबारको कारोबारमा ओरालोतिर लागेको छ।

सोमबार २२.३५ अंकले घटेर बजार २६८४.०१ बिन्दुमा झरेको छ। ३९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। २०९ कम्पनीको सेयर मूल्य घटेको छ। 

उचाइतर्फ जान कठिन भइरहेको सेयर बजारमा गएको सातायता सबै कारोबार वृद्धितर्फ नै देखिएको थियो। सोमबार बजार घटे पनि अहिले लगानीकर्ता केही सम्हालिएकै अवस्थामा देखिन्छन्। 

गएको साता आइतबार २६.५३ अंक र सोमबार ९.१९ अंकले बढेको बजार मंगलबार २८.९१ अंकले बढेको थियो। बुधबार बजार ३४.४२ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार ९.१४ अंकले बढेर २७०३.९७ बिन्दुमा पुगेको थियो। 

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने अपेक्षाकृत वृद्धि भएको छैन। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।


प्रकाशित : सोमबार, असार २३ २०८२१५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend