सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना, पर्यटक आकर्षित गर्न होमस्टेलगायत पूर्वाधार थपिँदै

images
सोमबार, असार २३ २०८२
images
images
ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना, पर्यटक आकर्षित गर्न होमस्टेलगायत पूर्वाधार थपिँदै

झरनालाई पर्यटकीय क्षेत्र बनाउका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ। झरनासम्म पुग्न ढुंगाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ।

images
images

फुङ्लिङ- सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ। सिदिङ्वा-५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैमा बाजाको ताल जस्तो लाग्छ।

images
images

यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङ्गे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको संघर्ष संगीत बनिन्छ। स्थानीय असलबहादुर राईले भने, 'पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङ्ढङ्गे भनेर चिनिन्छ। बाजा बजाएजस्तो आवाज आउँछ।'

images
images

ढङ्ढङ्गे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एकपटक पुग्ने जो कोहीको स्मृतिमा अमिटरूपमा बस्छ। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ। स्थानीय अब बाह्य पर्यटक पनि आकर्षित हुने आशामा छन्। स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन्।

images
images
images

'हामी त पर्खिराखेका छौँ। बाहिरबाट पनि पर्यटक आएर आम्दानीको स्रोत बनोस् भनेर', स्थानीय नारायणप्रसाद राई बताउँछन्।

झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ। दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उनीहरूले व्यक्त गरेका छन्। 'नाम सामान्य लाग्यो तर दृश्य हेर्दा मुखमै मुस्कान आयो। यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो', अन्तरिक पर्यटक साहारा लिम्बूले बताइन्।

झरनालाई पर्यटकीय क्षेत्र बनाउका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ। झरनासम्म पुग्न ढुंगाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ। आगामी नीति तथा कार्यक्रममा ढङ्ढङ्गे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङवागाउँपालिका उपाध्यक्ष बन्दना कडरियाले बताए।

तर अझै पनि झरनाको आधिकारिक लम्बाइमापन गरिएको छैन। वैज्ञानिक दृष्टिकोणले यसको अध्ययन आवश्यक छ। प्रचारप्रसारलाई तीव्रता दिन सकिएमा यो झरना जिल्लाको अर्को पर्यटकीय परिचय बन्न सक्छ। जिल्ला सदरमुकाम फुङ्लिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ। साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङ्ढङ्गे झरना सम्मपुग्न सकिन्छ।

झरनासम्म नै सहजरुपमा मोटर बाटो विस्तार भएकाले सवारीसाधन सहजरुमा झरनासम्म पुग्दै आएको छ। ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ। मिक्वाखोलाको फुङफुङगे झरनाको चर्चा धेरैले सुनेका छन्। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend