आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

भन्सार छलेर ल्याएको १७ लाख रुपैयाँ बराबरको सामान बरामद

images
आइतबार, असार २२ २०८२
images
images
भन्सार छलेर ल्याएको १७ लाख रुपैयाँ बराबरको सामान बरामद
फाइल तस्बिर

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका थिए।

images
images

सुनसरी- सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।

images
images

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो।

images
images

इनरुवा नगरपालिका-९ बबिया साम्बला टोलमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

images
images
images

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका थिए। को३२प २५४५, को२३प ८११९, को१५प ३११० र को३३प ६२४६ नंको मोटरसाइकल बरामद गरिएको छ। मोटरसाइकल र बरामद सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाकाे भनाइ छ। रासस 


प्रकाशित : आइतबार, असार २२ २०८२१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend