सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

हिमालयन बैंकले एफपीओ निष्कासनको अनुमति पायो, प्रिमियमसहित प्रतिकित्ता १५७ रुपैयाँका दरले जारी गर्ने

आइतबार, असार २२ २०८२
हिमालयन बैंकले एफपीओ निष्कासनको अनुमति पायो, प्रिमियमसहित प्रतिकित्ता १५७ रुपैयाँका दरले जारी गर्ने

काठमाडौं- हिमालयन बैंकलाई प्रिमियममा एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ।

हिमालयन बैंकले ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्कासनका लागि अनुमति पाएको हो। १५७ रुपैयाँका दरले बैंकले १ अर्ब ४५ करोड रुपैयाँबराबरको एफपीओ निष्कासन गर्न लागेको हो।

पुँजीकोषमा दबाब रहेको समयमा हिमालयन बैंकले प्रिमियममा सेयर निष्कासन गर्न लागेको हो। बैंकको सेयर निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले तोकेअनुसार यस बैंकले सर्वसाधारणका लागि ३० प्रतिशत सेयर निष्कासन गरेको थियो। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा नै बैंकले एफपीओ निष्कासन गर्ने बताएको छ। 

सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकको खराब कर्जा निरन्तर बढ्दै गएको छ भने पुँजीकोषमा दबाब छ। बैंकको वितरणयोग्य घाटा उच्च हुँदै गएको छ। 


प्रकाशित : आइतबार, असार २२ २०८२१७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend