सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

गएको साता १०८ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा स्थिर

आइतबार, असार २२ २०८२
गएको साता १०८ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा स्थिर

काठमाडौं- गएको साता समग्रमा १०८.१९ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा स्थिर देखिएको छ। उचाइतर्फ जान कठिन भइरहेको सेयर बजारमा गएको साता सबै कारोबार वृद्धितर्फ नै देखिएको थियो।

यो साता पहिलो कारोबारमा आइतबार २.४० अंकले बढेर बजार २७०६.३७ बिन्दुमा पुगेको छ। ८७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ। १६२ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता आइतबार २६.५३ अंक र सोमबार ९.१९ अंकले बढेको बजार मंगलबार २८.९१ अंकले बढेको थियो। बुधबार बजार ३४.४२ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार ९.१४ अंकले बढेर २७०३.९७ बिन्दुमा पुगेको थियो। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिएको थियो। गएको साता सबै कारोबारमा बढेको बजारले लगानीकर्ता केही सम्हालिएका देखिन्छन्। 

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। 

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।


प्रकाशित : आइतबार, असार २२ २०८२१५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend