आइतबार, भदौ २३ गते २०८१    
images
images

क्यासिनो लाइसेन्समा सेटिङ: उद्योगमा दर्ता भएकै दिन सञ्चालन स्वीकृति

८ कम्पनीको नवीकरण ठप्प

images
बिहीबार , फागुन ५ २०७८
images
images
क्यासिनो लाइसेन्समा सेटिङ: उद्योगमा दर्ता भएकै दिन सञ्चालन स्वीकृति

पूराना र क्रोनिक भएका केही कम्पनी बन्द गराएर सार्वजनिक स्टन्ट गर्दै आएका आलेले नयाँलाई विना अध्ययन लाइसेन्स बाँड्दै आएका छन्। 

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो लाइसेन्स जारी गर्दा आर्थिक चलखेलसँगै सेटिङलाई पहिलो प्राथमिता राखेको छ।

images
images
images

मन्त्री प्रेम आले सबै रकम भुक्तानी गरेका क्यासिनो लाइसेन्स नवीकरण रोकेर भटाभट नयाँलाई लाइसेन्स जारी गरिरहेका छन्।

आलेले उद्योग विभागमा क्यासिनो सञ्चालनका लागि भन्दै २० करोडको पुँजी देखाउँदै क्यासिनो कम्पनी दर्ता भएकै दिन क्यासिनो सञ्चालनका लागि पूर्व स्वीकृत दिएका हुन।

उद्योग विभागले जारी गरेको तथ्यांकमा माघ ४ गते विरगञ्जको हिमाल वाटर पार्क एण्ड भिलेज होटलमा क्यासिनो सञ्चालका लागि भन्दै क्यासिनो कम्पनी उद्योग विभागमा दर्ता भएको थियो।  गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनो दर्ता भएको थियो। क्यासिनोमा २० करोड लगानी रहने दर्ता गर्दा उल्लेख गरेको थियो।

images

आधुनिक मेसिनबाट गेम खेलाउने क्यासिनोले वार्षिक ९१ हजार २ सय ५० जनालाई खेल खेलाउने भनेको छ।  

यसरी माघ ४ गते नै उद्योग विभागमा दर्ता भएको क्यासिनो कम्पनीले सोही दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट क्यासिनो सञ्चालनको पूर्व स्वीकृति पाएको तथ्य खुल्न आएको छ। मन्त्री आलेले उद्योगमा दर्ता भएकै दिन अनुमति दिनु भनेको फाइल ल्याउनेवित्तिकै हस्ताक्षर गरेको देखिन्छ। 

जुन दिन उद्योगमा दर्ता भयो सोही दिन मन्त्रालयबाट अनुमति पाउनु भनेको प्रमाणपत्र केही नहेरी अनुमति दिने देखिन्छ। 

रोचक जोशी, सुजन केसी र गोर्कण लामिछानेको लगानी रहेको क्यासिनो कम्पनीले मापदण्ड नै पुरा नगरकै अवस्थामा क्यासिनो लाइसेन्स जारी भएको हो।

यो क्यासिनोले माघ ४ गते आधुनिक मेसिन वा उपकरणबाट खेल खेलाउन पाउने गरी पूर्व स्वीकृत पाएको थियो।

पूर्वस्वीकृतिमात्र होइन अन्तिम स्वीकृति पनि हतारमा दिएका छन्। पूर्वस्वीकृति पाएको २४ दिनमै यो कम्पनीले लाइसेन्स पाएको छ। 

माघ ४ गते क्यासिनो सञ्चालनको पूर्वस्वीकृत पाएको २४ दिनमै कम्पनीले मन्त्री आलेको निर्देशकनमा क्यासिनो सञ्चालनको अन्तिम स्वीकृति दिइएको हो। मन्त्रालयबाट क्यासिनो सञ्चालनको अन्मित स्वीकृति दिएपछि विभागले फागुन ३ गते क्यासिनो सञ्चालनको लाइसेन्स दिएको छ।

पूराना र क्रोनिक भएका केही कम्पनी बन्द गराएर सार्वजनिक स्टन्ट गर्दै आएका आलेले नयाँलाई विना अध्ययन लाइसेन्स बाँड्दै आएका छन्। 

यतिमात्र होइन  मन्त्री आलेले सम्पूर्ण रकम तिरेर इजाजत नवीकरण मागेको महिना दिन भन्दा बढी भइसक्दा पनि ८ वटा क्यासिनोको लाइसेन्से भन्ने जारी गरेका छैन्।

मन्त्री भएपछि आले जारी गरे ७ नयाँ क्यासिनोको लाइसेन्स

शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रेम आले असोजमा पर्यटन मन्त्रालयको  जिम्मेवारीमा आएका थिए। मन्त्रालयको जिम्मेवारीमा आएसँगै आलेले क्यासिनो सञ्चालनका लागि भन्दै नयाँ क्यासिनो कम्पनीको लाइसेन्स जारी गर्न थालेको हुन। आलेले सबैभन्दा पहिलो कात्तिक २ गते भेगस सिटी इन्टरटेनमेन्ट (होटल मेची क्राउन) धुलाबारी झापामा क्यासिनो सञ्चालनका लागि भेगस रिक्रियसन नेपाल प्रालि क्यासिनो सञ्चालनको लाइसेन्स दिएका थिए।

यसैगरी आलेले होटल स्नेह नेपालगञ्जमा क्यासिनो सञ्चालनका लागि  बेलिज इन्टरटेन्मेन्ट प्रालिले क्यसिनो सञ्चालनको लाइसेन्स कात्तिक १२ गते  दिएका थिए। यसैगरी मन्त्री आलेले  होटल स्टारलाईट बाँकेमा क्यासिनो सञ्चालनका लागि भेन्यु रिक्रिएसन प्रालिलाई  कात्तिक १२ गते नै लाइसेन्स दिएका थिए।यसैगरी कल्पतरु होटल नेपालगञ्जमा क्यसिनो सञ्चालनका लागि ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालिलाई पुस १६ गते र

सेपियर इन्टरटेनमेन्ट टेक्नोक्लोजी प्रालिलाई होटल सिटी प्यालेस नेपालगञ्जमा क्यासिनो सञ्चालनका लागि लाइसेन्स जारी गरेको  थिए। यसैगरी मन्त्री आलेले कोरोना संक्रमण भइ आइसोलेसनमै रहेको बेला माघ ५ गते चिनियाँ लगानी रहेको क्यासिनोलाई पाँचतारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्नका लागि पूर्वस्वीकृति दिएका थिए। यसरी पूर्वस्वीकृति दिएको एक सातामै मन्त्री आलेले माघ १३ गते कम्पनीलाई क्यासिनो सञ्चालनको अन्मित स्वीकृति दिएको थिए।

अहिले फेरि उद्योग विभागमै दर्ता भएकै दिन क्यासिनो सञ्चालनको पूर्वस्वीकृति दिएको क्यासिनो कम्पनीलाई माघ २८ गते क्यासिनो सञ्चालनको अन्मित स्वीकृत दिएका हुन।

पुरानो ८ क्यासिनोको नवीकरण फाइल मन्त्रालयमै राेकियो

कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको बेला नयाँ क्यासिनो कम्पनीलाई सञ्चालनका दिने देखि उद्योग विभागमा दर्ता भएकै दिन क्यासिनो लाइसेन्स दिन मन्त्री आलेले सरकारलाई तिुर्न पर्ने सबै रकम भुक्तानी गरेको ८ वटा क्यासिनोको नवीकरणको काम भने रोकेर राखेका छन्।

आलेले मन्त्रालयको जिम्मेवारी पाएको ५ महिनामै ७ वटा नयाँ क्यासिनो सञ्चालनको लाइसेन्स दिइसकेका छन्। तर पुराना सञ्चालनमा रहेका ८ वटा क्यासिनो नवीकरण भने मन्त्री आलेले रोकेको विभागका एक कर्माचारीले जानकारी दिए।

‘मन्त्री आलेले कमिसनको चक्करमा नयाँ क्यासिनोको लाइसेन्स भटाभट बाँडिरहेका छन्। नयाँ लाइसेन्स पाएका कतिपयले त सामान्य पूर्वाधार समेत पूरा गरेका छैनन,’ विभाग एक कर्मचारीले भने, ‘पुरानो क्यासिनो नवीकरण गर्दा कमिसन नआउने भएपछि फाइल नै रोकेर राखेका छन्।’

व्यवसायीले नयाँ क्यासिनोले लाइसेन्स पाउँन ठूलै खर्च गरिरहेका छन्। क्यासिनो लाइसेन्सका लागि कतिपयले त दुई करोड रुपैयाँसम्म खर्च गरेको व्यवसायी नै बताउँछन्। एक व्यवसायीले क्यासिनो लाइसेन्सका लागि आफूहरूले सञ्चालनमा आएपछि कमिसन दिने बताउँदा पनि मन्त्री आलेले ’पछिको कुरा मलाई थाहा छैन अहिले नै हुनुपर्छ’ भनेको बताएका छन्।

यतिसम्म कि मन्त्रालयका पूर्वसचिवहरूले मापदण्ड नै पूरा नभएको भन्दै रोकेको फाइलसमेत मागेर नयाँ क्यासिनोको लाइसेन्स जारी भएको ती कर्मचारी बताउँछन्।

तर चालु आर्थिक वर्ष २०७८/०७९ सम्मका लागि नवीकरण गर्दा तिर्नुपर्ने सबै रकम भुक्तानी गरेका ८ वटा क्यासिनो नवीकरणको फाइल मन्त्रालयमा मन्त्री आलेकै निर्देशनमा रोकिएको विभाग स्रोतको दाबी छ। नवीकरणका लागि सबै प्रक्रिया पूरा गरेका व्यवसायीले अहिले विभागमा ताकेता दिन थालेका छन्।

विभाग स्रोतका अनुसार मल्ल होटलमा क्यासिनो सञ्चालन गरिरहेको बेल्लिज नेपाल प्रालि, बन्द अन्नपूर्ण होटलमा क्यासिनो सञ्चालन गरिरहेको एटलान्टिक रिक्रियसन र तारागाउँ रिरेन्सी होटल (हायात रिजेन्सी)मा क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएको प्राइड इन्टरटेनमेन्ट प्रालिको क्यासिनो लाइसेन्स नवीकरण फाइल रोकिएको छ।

यसैगरी होटल म्यारियटमा क्याासिनो सञ्चालन गरिरहेको डेन्टइन नेपाल प्रालि, इच्छा होटल सिमरामा क्यासिनो सञ्चालन गरिरहेको स्माइल कलेक्सन प्रालि र सोल्टी होटल लिमिटेडमा क्यासिनो सञ्चालन गरिरहेको माजोङ प्रालिको क्यासिनो लाइसेन्स नवीकरण रोकिएको विभागको भनाइ छ।

यसैगरी होटल सोल्टी शिवक्रिम होटेल्स तथा रिसोर्ट्स नेपालगञ्जमा क्यासिनो सञ्चालन गरिरहेको ईम्पेरियल प्रालि र भ्यू होटल सिद्धार्थ नेपालगञ्जमै क्यासिनो सञ्चालन गरिरहेको ज्याकपोट ग्यामिङ सेन्टरको क्यासिनो सञ्चालनको लाइसेन्स नवीकरण रोकिएको विभागको भनाइ छ।

सञ्चालनमा रहेका क्यासिनोको नविकरणका लागि सबै दस्तुर तिर्न पुस मसान्तसम्मको समय दिएको र उनीहरले पैसा तिरेपछि अनुगमन गरेर नविकरण गर्न उचित रहेको भन्दै विभागलाई प्रक्रिया अगाडि बढाउने सिफारिस गरेको मन्त्रायका सहसचिव होम प्रसाद लुइँटेलले जानकारी दिए। तर विभागबाट फाइल आफूँकहाँ अहिलेसम्म नआइपुगेको उनको दाबी छ। सबै प्रक्रिया पुरा भएपछि क्यासिनो सञ्चालनको लाइसेन्स नविकरण हुने उनको भनाइ छ।

लामो समयदेखि क्यासिनो सञ्चालनको बक्यौता नतिर्ने पाँच क्यासिनोको लाइसेन्स नवीकरण नहुने

विभागले क्यासिनो सञ्चालन वापत सरकारलाई भुक्तानी गर्नु पर्ने रकम तिर्ने ५ वटा क्यासिनोको लाइसेन्स नवीकरण नहुने जनाएको छ। विभागका अनुसार  ह्यापी आवार प्रालि, होटल याक एन्ड यती (रोयल क्यासिनो), रक इन्टरनेश्नल, सेन्ट्रल मिडिया प्रालि र क्यासिनो र्या‍ड (ओरेयन्टल होटल लिमिटेड)को भने लाइसेन्स नवीकरण नहुने विभागको भनाइ छ।

यसैगरी सिल्भिर हेरिटेज प्रालि(टागर प्यालेस) र सांग्रिलामा क्यासिनो सञ्चाालन गर्दै आएको  एसएचएल म्यानेजमेन्न्ट प्रालिको पनि रकम भुक्तानी नहुँदासम्म क्यासिनो सञ्चालनको इजाजत नवीकरण नहुने विभागको भनाइ छ।

यो क्यासिनो कम्पनीले १४ करोड २० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेका पनि अहिलेसम्म रकम नआउँदा क्यासिनो लाइसेन्स नवीकरण प्रक्रिया अगाडि नबढको विभागको भनाइ छ। यसको समय चैतसम्म रहेको छ।

२४ कम्पनीसँग क्यासिनो सञ्चालनको लाइसेन्स, कुन होटलमा कसले सञ्चालन गर्दैछ क्यासिनो?

२०७८ माघ मसान्तसम्म क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिने कम्पनीको संख्या २४ वटा पुगेको छ। पर्यटन विभागमा अनुसार अहिले २४ वटा कम्पनीले क्यासिनो सञ्चालनका लागि लाइसेन्स लिएका छन्।

त्यस मध्ये ८ वटाको लाइसेन्स नवीकरण रोकिएको छ भने ५ वटाको लासेन्स  नवीकरण नहुने भएको छ। यसैगरी २ वटाको पनि बैंक ग्यारेन्टी आएपनि रकम नआउँदा लाइसेन्स नवीकरण प्रक्रिया सुरु नभएको विभागको भनाइ छ। अन्य ९ वटा क्यासिनो भने अहिले पूर्णरुपमा रकम तिरेर सञ्चालनमा रहेका छन्।

13.JPG
24.JPG


प्रकाशित : बिहीबार , फागुन ५ २०७८१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend