आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण

images
आइतबार, असार २२ २०८२
images
images
राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण

नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ६ तहमा ग्याविन पर्खाल निर्माण भएको छ।

images
images

म्याग्दी- राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर, रघुगंगा गाउँपालिका-३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ।

images
images

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि तीन करोड ३९ लाख ८६ हजार ८२३ रूपैयाँको लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो।

images
images

पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले बताए। राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एकसय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो।

images
images
images

राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ। गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो। नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ६ तहमा ग्याविन पर्खाल निर्माण भएको छ।

चार करोड ७२ लाख ३७ हजार ४६४ रूपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु-विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताए।

बेनी-गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी-जोमसोम-कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend