शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क, पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास

images
शनिबार, असार २१ २०८२
images
images
सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क, पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास

नाम्गेल शेर्पाका अनुसार स्केट पार्कमा ६५ रलाख रुपैयाँ लगानी भएको छ।

images
images

काठमाडौं- सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ। युवा तथा समाजसेवी नाम्गेल शेर्पा र सुजता तामाङको संयुक्त पहलमा ‘स्केट पार्क’ सञ्चालनमा ल्याइएको हो।

images
images

नाम्गेल शेर्पाका अनुसार स्केट पार्कमा ६५ लाख रुपैयाँ लगानी भएको छ। ‘बालबालिका तथा युवालाई खेलकुदमा जोड्ने र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो’ उनले भने, ‘पार्कमा अहिले युवा तथा बालबालिकाको आकर्षण बढ्दो छ।’  

images
images

स्केट अन्तर्राष्ट्रिय खेल पनि भएको उल्लेख गर्दै शेर्पाले विकट क्षेत्रमा यो सञ्चालन चुनौतीपूर्ण भएको बताए। उनले यस खेलमार्फत बाह्य पर्यटक पनि आकर्षित गर्न सकिने धारणा राखे।

images
images
images

असार पहिलो साताबाट सञ्चालनमा आएको पार्कमार्फत यहाँको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको स्थानीय सांगे शेर्पाले बताए। ‘कोरोना महामारीपछि लगानीको वातावरण नबनेको अवस्थामा ठूलो लगानीमा सोलुखुम्बुमा पार्क निर्माण हुनुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास छ, यसले यहाँको पर्यटन प्रबर्द्धनमा टेवा पुग्नेछ’ उनले भने।

पार्क सञ्चालनमा आएपछि मोबाइलमा ‘गेम’ खेल्ने बालबालिकाहरु पार्कमा आउन थालेको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, असार २१ २०८२१६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend