शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

images
शनिबार, असार २१ २०८२
images
images
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पक्राउ

पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ।

images
images

अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो।

images
images

यसैबीच, बैकिंङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली दुधौली नगरपालिका-८ घरका ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका-४ घर भएका ३६ वर्षीय सुनिल लामालाई पक्राउ गरिएको हो।

images
images
images

काठमाडौ‌ं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरि नगरपालिका-५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो। पक्राउमध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ। रासस


प्रकाशित : शनिबार, असार २१ २०८२१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend