शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

images
शनिबार, असार २१ २०८२
images
images
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भइसकेको छ।

images
images

सिराहा- सिराहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ।

images
images

कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भइसकेको छ। जुन चालु आवको कूल लक्ष्य १२ करोड १२ लाख ९२ हजार रुपैयाँभन्दा एक करोड ६२ लाख ८९ हजार रुपैयाँ बढी हो।

images
images

भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मंसिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो। उनले भने, ‘मंसिरमा मात्र ९४ प्रतिशत राजस्व संकलन भएको थियो, बाँकी सबै महिनामा लक्ष्यभन्दा बढी संकलन भएको छ।’ अहिलेसम्मको समग्र राजस्व संकलन लक्ष्यको ११३ प्रतिशत पुगेको छ।

images
images
images

सापकोटाले चालु आवको अन्तिम महिना असारमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने प्रक्षेपण गर्दै आव सकिँदासम्म १५ प्रतिशत बढी राजस्व संकलन हुने विश्वास व्यक्त गरे। राजस्व संकलनमा सफलता हासिल गर्दा पनि माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको ‘प्लान्ट क्वारेन्टाइन’ सेवा स्थापनामा भने अझै ठोस कार्यान्वयनको चरणमा पुगेको छैन।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता बारम्बार औँल्याउँदै आएका छन्। तर, प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र छ। सापकोटाका अनुसार माडरमा प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गरिएमा माडर, ठाडी र राजविराज गरी तीन वटा भन्सार कार्यालयलाई सेवा दिइनेछ।

यी सबै नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्। जसले समन्वय र ढुवानी प्रक्रियालाई सहज बनाउनेछ। उनले अझै स्पष्ट पार्दै भने, ‘यदि माडरमा प्लान्ट क्वारेन्टाइन सेवा उपलब्ध गराइयो भने राजस्व असुली पनि दोब्बरले वृद्धि हुने निश्चित छ।’

हाल कृषिजन्य वस्तु आयात-निर्यात गर्ने व्यवसायीलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म पुग्नुपर्ने बाध्यता छ। यसले ढुवानी खर्चमात्र होइन, उपभोक्ता मूल्यमा अप्रत्याशित वृद्धि गराएको व्यवसायीले गुनासो गरेका छन्। रासस


प्रकाशित : शनिबार, असार २१ २०८२१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend