शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

म्याग्दीमा ३७ वर्षपछि पक्की नहर निर्माण

images
शनिबार, असार २१ २०८२
images
images
म्याग्दीमा ३७ वर्षपछि पक्की नहर निर्माण

२०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको एकसय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ।

images
images

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ।

images
images

२०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको एकसय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ।

images
images

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो। नहरमा पानी चलाएपछि लुरवांकाे फाँटमा धान रोपाइका लागि यसपाली आकाशे पानी कुर्न नपरेको स्थानीय किसान वुद्धि जुग्जालीले बताए।

images
images
images

कच्चि नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो। उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झन्जटबाट मुक्ति मिलेको बताए।

‘यसपाली पक्की नहर निर्माण भएपछि हरेक वर्ष पाइप फेर्नुपर्ने समस्या हटेको छ’ उनले भने, ‘पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ। चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा तीन सय मिटर पक्की नहर निर्माण भएको छ।

एकसय ७० मिटर एकसय २५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए। गलघण्टीको जोखिमयुुक्त अक्करे भिरमा सावधानी अपनाएर करिब एकसय पक्की नहर निर्माण गरिएको उनकाे भनाइ छ।

गत वर्ष विनियोजन भएको १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब दुई सष मिटर पाइपलाइन जडान भएको थियो। आगामी वर्षका लागि विनियोजन भएको १० लाख बजेटबाट लुरवाङमा एक वटा ‘क्रसिङ’ र थप नहर बनाएर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

लुरवाङमा धानलगायत खाद्यबालीका साथै सुुन्तला र व्यवसायिक तरकारी खेती गर्न सहज भएको छ। बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयबासीले अन्नको भण्डार मान्ने गर्छन्। रासस


प्रकाशित : शनिबार, असार २१ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend