शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्रयाक्टर वितरण

images
शनिबार, असार २१ २०८२
images
images
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्रयाक्टर वितरण

किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्रयाक्टर वितरण गरिएको उनको भनाइ छ।

images
images

गोरखा- गोरखा नगरपालिका-८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ। वडाभित्रका १६ जना किसानलाई अनुदानमा हाते ट्रयाक्टर गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए।

images
images

किसानलाई कृषि प्रविधिमैत्री बनाउँदै खेती गर्दा कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न, युवा कृषक र महिलालाई लक्षित गरेको ट्रयाक्टर वितरण गरिएको उनको भनाइ छ।

images
images

‘प्रत्येकलाई किसानलाई २०/२० हजार रुपैयाँ अनुदान पर्ने गरी हाते ट्रयाक्टर वितरण गरिएको हो’ वडाध्यक्ष खत्रीले भन्छन्, ‘तीन वर्षको अवधीमा वडाभित्र ८४ जना किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको छ।’

images
images
images

कृषकलाई वितरण गरिएको ट्रयाक्टर ६ हर्जपावर क्षमताको रहेको उनले बताए। वडा कार्यालयको चालु आर्थिक वर्ष २०८१/८२ को कृषिमा यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको हो।

परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भएपनि गाउँमा पछिल्लोसमय गोरु पाल्नेको संख्या न्यून हुँदै गएकाले खेतबारी बाँझो नबनोस् भन्ने उद्देश्यसहित नगरपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरको भनाइ छ।

अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गर्ने गरिएको उनले बताए। कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकीकरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई नगरपालिकाले प्राथामिकता दिँदै आएको नगरप्रमुख रानामगरले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, असार २१ २०८२१३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend