काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, सानो लोकल गोलभेँडा ३० रुपैयाँ र टनेल उत्पादन ४४ रुपैयाँ तोकिएको छ।
आलु रातो प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भइरहेको छ भने भारतीय आलु ३९ र मुडे आलु ३८ रुपैयाँमा उपलब्ध छ। भारतीय प्याजको थोक मूल्य ४६ रुपैयाँ, स्थानीय गाजर ८० र तराई गाजर ५० रुपैयाँ प्रतिकिलो पुगेको छ।
काउली स्थानीय ६५ र तराई उत्पादन ५५ रुपैयाँमा तथा बन्दा ३५ रुपैयाँमा तोकिएको छ। भन्टा डल्लो ५०, लाम्चो ४०, तने बोडी ४० र मकै बोडी ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
हरियो सागसब्जीमध्ये पालुङो साग २००, तोरीको साग १२०, रायो साग ११०, जिरीको साग १०० र पुदिनाको थोक मूल्य १५० रुपैयाँ पुगेको छ।
त्यस्तै, च्याउ (कन्य) १६०, डल्ले च्याउ ३३०, राजा च्याउ ३०० र सिताके च्याउको थोक मूल्य ९०० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) ३३०, झोले स्याउ २५०, केरा (दर्जन) १४०, अनार ३५०, आँप (माल्द/दशहरी) १००, जुनार २५० र अङ्गुर (हरियो) २५० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छन्। कागतीको मूल्य १३०, नास्पाती (लोकल) १२०, चाइनिज नास्पाती २५०, रुखकटहर ६५, भुइँकटहर प्रतिगोटा १७० रुपैयाँ तोकिएको छ।
मसला र अन्य वस्तुहरूमा अदुवा ११०, लसुन (चाइनिज) २००, लसुन (नेपाली) १७०, हरियो धनियाँ २२०, अकबरे खुर्सानी ३००, भेडे खुर्सानी ११०, र सुकेको खुर्सानी ३५० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
ताजा माछामा रहु ३३०, बचुवा ३२० र छडी जातको माछा २४० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ। रासस