सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

शुल्क छुटले जग्गामा महिलाको स्वामित्व बढ्दै, कारोबारको अधिकार अझै छैन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
images
शुल्क छुटले जग्गामा महिलाको स्वामित्व बढ्दै, कारोबारको अधिकार अझै छैन 

झरनाले घर चलाउनेदेखि लिएर अन्य सबै काम गर्छन तर सम्पत्ति किनबेच गर्दा श्रीमानकै निर्णय अन्तिम हुन्छ । 

images
images

टीकापुर- कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उनकै नाममा छ । झरनाको जग्गा, घर सबै उनको नाममा छ । झरनाका श्रीमान रोजगारीका सिलसिलामा भारतमा बस्छन्। भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर चलाउनेदेखि लिएर अन्य सबै काम गर्छन तर सम्पत्ति किनबेच गर्दा श्रीमानकै निर्णय अन्तिम हुन्छ । 

images
images

'मेरो नाममा सबै सम्पत्ति छ, तर किनबेच गर्ने काम श्रीमान्ले गर्नुहुन्छ' झरनाले भनिन्,'खर्चको सबै हरहिसाब पनि उहाँलाई बुझाउनुपर्छ, मैले सबै हिसाब लेखेर राख्छु, श्रीमान् घर आएको बेला देखाउँछु।'

images
images

झरनाजस्तै टीकापुर नगरपालिका–४ की प्रेमरानी चौधरीको पनि घर यसरी नै चल्छ । प्रेमरानीको एक कट्ठा मात्रै जमिन छ त्यो पनि उनकै नाममा छ । श्रीमानले कमाउने तर घर चलाउने जिम्मा प्रेमरानीकै काँधमा छ । 

images
images
images

प्रेमरानीले सबै हरहिसाब श्रीमान्लाई दिन्छिन् तर उनका श्रीमानले भने कहिल्यै प्रश्न गरेका छैनन्। 

'श्रीमान् हाम्रो खर्च चलाउनका लागि काम गर्नुहुन्छ, उहाँको विश्वासका लागि म हिसाब त दिन्छु तर कहिल्यै अविश्वास गर्नुभएको छैन' प्रेमरानीले भनिन् , 'घर व्यवस्थापन मैले गर्ने भएकाले पनि सबै कारोबार मैले नै गर्छु।'

टीकापुरकै रविना चौधरीको घरमा भने सबै सम्पत्ति घरमूली ससुराका नाममा छ । रविनाका श्रीमान् सवारी चालक छन्। सबैले कमाएको सम्पत्ति ससुराको हातमा भए पनि सम्पत्ति जोड्दा, बिक्री गर्दा वा कुनै नयाँ काम गर्दा सबैबीच सल्लाह हुन्छ ।

रविनाका घरमा सल्लाहमा काम हुने भएकाले परिवार मिलेको छ । आर्थिक स्वामित्व महिलाका नाममा नहुँदा महिला हिंसामा पर्ने गरेका धेरै घटना सुनिन्छन् । त्यसैले बराबरी अधिकार स्थापित होस् भनी सरकारले महिलाका नाममा घरजग्गा खरिद गर्दा नामसारीका लागि लाग्ने शुल्कमा २५ छुट दिने गरेको छ । त्यसले महिलाका नाममा सम्पत्ति थपिँदै गएको छ । 

मालपोत कार्यालय टीकापुरमा चालु आर्थिक वर्षको पुस महिनासम्म दुई हजार ९०५ लिखत पारित भएकामा एक हजार ४७ लिखत महिलाका नाममा पारित भएका छन् । मालपोतको तथ्याङ्क हेर्दा  एक करोड पाँच लाख १४ हजार ५३५ महिलाका नाममा रजिष्ट्रेसन गर्दा छुट पाइएको छ । महिलाका नाममा रजिष्ट्रेसन हुने जग्गा कारोबार हेर्दा प्रतिशतका हिसाबले ३६ प्रतिशत पुगेको मालपोत कार्यालयका नायब सुब्बा सर्वनन्द चपाईले बताए। 

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend