शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

भन्सार छलेर ल्याइएका १८ लाख रुपैयाँका कपडा बरामद

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २० २०८२
images
images
भन्सार छलेर ल्याइएका १८ लाख रुपैयाँका कपडा बरामद

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको छ।

images
images

पर्सा- सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३ सय ५५ रुपैयाँबराबरका कपडा बरामद गरेको छ। 

images
images

भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर-१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए। बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ।

images
images

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उनले जानकारी दिए।

images
images
images

'भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४ सय ८७ रुपैयाँबराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ”, सूचना अधिकारी सिंहले भने, 'सोही अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार ४ सय ३ मूल्य बराबरका सामगैी राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको  छ।' रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend