शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

बोइङ खरिदको प्रस्तावसहित गार्मेन्ट निर्यात जोगाउन अमेरिकासँग नयाँ सम्झौता गर्दै बंगलादेश

सहमति नभए गार्मेन्ट उद्योग संकटमा

images
शनिबार, असार २१ २०८२
images
images
बोइङ खरिदको प्रस्तावसहित गार्मेन्ट निर्यात जोगाउन अमेरिकासँग नयाँ सम्झौता गर्दै बंगलादेश

विश्वको दोस्रो ठूलो तयारी पोशाक उत्पादक बंगलादेशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको उच्च कर लागु हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्ने अन्तिम प्रयास गरिरहेको छ।

images
images

काठमाडौं- विश्वको दोस्रो ठूलो तयारी पोशाक उत्पादक बंगलादेशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको उच्च कर लागु हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्ने अन्तिम प्रयास गरिरहेको छ।

images
images

बंगलादेशका वाणिज्य सचिव महबुबुर रहमानका अनुसार अमेरिकी बजारमा आफ्नो पहुँच जोगाइराख्न बंगलादेशले बोइङ विमान खरिद गर्ने, अमेरिकी गहुँ, कपास र इन्धनको आयात बढाउने प्रस्तावसहित व्यापार घाटा घटाउने उपाय अघि सारेको समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन्। 

images
images

ट्रम्प प्रशासनले गत अप्रिल २ मा 'लिबरेसन डे' नाम दिइएको घोषणामार्फत बंगलादेशका उत्पादनमा ३७ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको थियो। अहिले बंगलादेशका कपासजन्य वस्तुमा पहिले नै १६ प्रतिशत कर लागिरहेकोमा यो दर दोबरभन्दा बढी हुने देखिएको छ।

images
images
images

यद्यपि ती करहरू जुलाई ९ सम्म स्थगित गरिएका छन्। सोभन्दा पहिलै दुई देशबीच वार्ता गरेर सम्झौतामा पुग्ने लक्ष्यसहित बंगलादेशले तयारी गरेको हो।

सहमति नभए गार्मेन्ट उद्योग संकटमा

बंगलादेशको गार्मेन्ट र कपडा उद्योग कुल निर्यातको ८० प्रतिशत हिस्सा ओगट्ने मुख्य क्षेत्र हो। गत वर्षको विद्यार्थी आन्दोलनपछि सरकार परिवर्तन हुँदा प्रभावित उद्योग अझै पुनःस्थापनाको चरणमा छन्।

अहिले पनि अमेरिकाले बंगलादेशको तयारी पोशाक निर्यातको करिब २० प्रतिशत हिस्सा ओगटेको छ। त्यही कारण अमेरिकासँगको व्यापार सम्बन्ध टुट्न नदिन बंगलादेश निकै सचेत देखिएको छ।

बंगलादेश गार्मेन्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष महमुद हसन खानले भने, 'पहिल्यै लागु भएको १० प्रतिशत अतिरिक्त करले हाम्रो निर्यातलाई असर गरिरहेको छ। अब अझ बढेमा हामी अमेरिकी क्रेता गुमाउने अवस्थामा पुग्छौँ।'

बंगलादेशका कार्यवाहक प्रधानमन्त्री मुहम्मद युनुसले गएको सोमबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग टेलिफोन वार्ता गरेका थिए। उनले 'ट्रम्पको व्यापार एजेन्डालाई सम्बोधन गर्ने उपायमा बंगलादेश अमेरिकी अधिकारीहरूसँग सक्रिय रुपमा काम गरिरहेको' बताएका थिए।

वाणिज्य सचिव रहमानका अनुसार सम्झौताका लागि बंगलादेशले हालसम्म २८ वटा बैठक तथा कागजात आदानप्रदान गरिसकेको छ। जुलाई ८ का लागि दुई देशका अधिकारीहरूबीच निर्णायक वार्ता तय गरिएको छ।

बंगलादेशले सन् २०२४ मा अमेरिका निर्यात गरेको सामानको मूल्य ८ अर्ब ३६ करोड अमेरिकी डलर थियो भने आयात २ अर्ब २१ करोड डलरमा सीमित थियो। त्यसकै सन्तुलन मिलाउन १४ वटा बोइङ विमान खरिद, ठूलो परिमाणमा गहुँ र कपास आयात तथा अमेरिकी इन्धन खरिदको तयारी भएको रहमानले बताए।

अब जुलाई ९ को म्याद नजिकिँदै जाँदा सम्झौता भइनसके बंगलादेशको गार्मेन्ट उद्योगमात्र होइन अमेरिकी खुद्रा बजारमा समेत यसको असर पर्नसक्ने अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, असार २१ २०८२०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend