सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

बन्दीपुर केबलकारले सर्वसाधारणका लागि ५८ करोडको आईपीओ ल्याउने

बिहीबार , असार १९ २०८२
बन्दीपुर केबलकारले सर्वसाधारणका लागि ५८ करोडको आईपीओ ल्याउने

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्दैछ।

काठमाडौं- तनहुँमा केबलकार र होटल सञ्चालन गर्दै आएको काठमाडौं-बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई ५८ करोड ६० लाख रूपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। सेबोनले असार १९ गते स्वीकृति दिएकामा अब कम्पनीले तोकिएको समयसारिणीमा सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्दैछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई दिइएको छ।

हाल कम्पनीमा संस्थापक समूहको ७९.२९ प्रतिशत सेयर स्वामित्व रहेको छ भने अब सर्वसाधारणका लागि बाँकी २०.७१ प्रतिशत सेयर खुला गरिनेछ।

तनहुँको बन्दीपुरमा केबलकार सेवा सञ्चालनसँगै होटल पनि सञ्चालन गर्दै आएको यस कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब २४ करोड ४० लाख रूपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब ८३ करोड रूपैयाँ पुग्नेछ।

यो कम्पनी होटल तथा पर्यटन समूहअन्तर्गत दोस्रो बजारमा सूचीकरण हुनेछ। केबलकार सेवा र पर्यटन पूर्वाधारमा लगानी गरिरहेको कम्पनीका अनुसार आईपीओबाट उठेको पुँजी नयाँ पूर्वाधार विस्तारमा प्रयोग गरिनेछ।


प्रकाशित : बिहीबार , असार १९ २०८२१८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend