काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले इन फ्लाइट इन्टरटेनमेन्ट प्रणाली जडान गर्ने भएको छ। निगमले उडानका क्रममा जहाज भित्र मनोरञ्जनात्मक प्रणाली जडानका लागि कम्पनी छनोट गरेको छ। यही कम्पनीसँग निगमले सर्भिस लिँदै आएको थियाे। कम्पनीकाे समय सकिएपछि निगमले पुन: उही कम्पनीसँग सम्झौता गर्न लागेको हाे।
निगम ६ साइकलका लागि ३ लाख २७ हजार ७ सय ५० डलर खर्चेर मनोरञ्जनात्मक प्रणाली जडान गर्न लागेको हो। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको डलरको मूल्य अनुसार हिसाब गर्दा यो रकम ३ करोड ९४ लाख रुपैयाँ भन्दा बढी हो।
निगमले ६ साइकल अर्थात ३ वर्षका लागि सम्झौता गर्न लागको हो।निगमले टच इन–फ्लाइट सोलुसन आइएनसीसँग सम्झौता गर्न लागेको हो।