बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

images
बिहीबार , असार १९ २०८२
images
images
मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

विकासको अवसरबाट पर रहेका यहाँका सर्वसाधारण बस्तीमा धमाधम सडक कालोपत्र हुन थालेपछि खुसी भएका छन्।

images
images

महोत्तरी- मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा बस्तीका सडकमा तीवै गतिमा कालोपत्र भइरहेको छ। विकासको अवसरबाट पर रहेका यहाँका सर्वसाधारण बस्तीमा धमाधम सडक कालोपत्र हुन थालेपछि खुसी भएका छन्।

images
images

'देखियौँ, हमरो गाममें सडक पिच बैनरहल अई (हाम्रो बस्तीको सडक पनि कालोपत्र हुँदैछ)', धमाधम कालोपत्रे भइरहेको सडकतिर देखाउँदै मटिहानी-४ का चन्देश्वर रजकले भने, आब गामक रुख बदैलगेल (अब बस्तीको रूप बदलियो)।'

images
images

सडक कालोपत्र हुन थालेपछि यी बस्तीका बासिन्दा खुसी देखिन थालेका छन्। बिसनपुरका इशाक कवारीले भनिन्, 'इन्तजार कर परैछै, सबके दिन अबैछै (पर्खन पर्दोरहेछ, सबका दिन आउँदा रहेछन्)।'

images
images
images

कालोपत्र हुन थालेपछि बस्तीको सौन्दर्य बढेसँगै आफूहरूको जीवन सहज हुने उनले विश्वास व्यक्त गरिन्। गोबरौराका शिव साहले सडक कालोपत्र भएसँगै कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुनुका साथै व्यापार बढ्ने बताइन्।

संघीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रमअन्तर्गत मटिहानी-४ को मझौरा प्रवेशद्वारबाट बिसनपुर हुँदै मटिहानी-५ को गोबरौरासम्मको चार किलोमिटर सडकमा कालोपत्र गर्न थालिएपछि बस्तीका बासिन्दा खुसी छन्।

कृषि उत्पादन सजिलै बजार पुग्ने र आपतविपदमा शीघ्र गन्तव्यमा पुगिने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। कालोपत्र सम्पन्न भएपछि करिब १५ हजार जनसङ्ख्या लाभान्वित हुने उनले जानकारी दिए।

सहरी विकास तथा भवन निर्माण विभागले करअतिरिक्त नगरपालिकालाई उपलब्ध गराएको २७ करोड ९९ लाख ७४ हजार ५७७ रूपैयाँमध्ये मझौरा-बिसनपुर-गोबरौरा सडक कालोपत्रमा चार करोड रूपैयाँ खर्च हुने नगर कार्यपालिकाका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताए। सडक विस्तार तथा कालोपत्र अन्य वडाबस्तीमा पनि गर्दै जाने उनको भनाइ छ।

वर्षौँदेखि धुलो, हिलो र अव्यवस्थित सडकले यातायात, व्यापार, स्वास्थ्य सेवा र शिक्षाको पहुँचमा सास्ती खेपिरहेका मझौरा, बिसनपुर र गोबरौराका बासिन्दाका लागि सडक कालोपत्र सम्पन्न भएपछि दैनिकी सहज हुने मटिहानी-४ का वडाध्यक्ष अब्दुर गफार राइनले बताए।

कालोपत्रको नियमित अनुगमन गरिरहेका नगरप्रमुख मण्डलले केही दिनभित्र काम सम्पन्न हुने जानकारी दिए। नगरका बस्तीबस्तीसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नति गर्ने लक्ष्यका साथ नगरले काम गरिरहेको उनको भनाइ छ। नगरमा बढेको पूर्वाधार निर्माणले आफ्नो ठाउँ शीघ्र ‘स्मार्ट सिटी’ का रूपमा विकास हुने स्थानीयले अपेक्षा गरेका छन्। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२१६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend