सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सेयर बजारमा साताभर हरियाली, २७०० बिन्दुबाट उकालो लाग्यो

आउने साता पनि पाउला उचाइतर्फकै लय?

बिहीबार , असार १९ २०८२
सेयर बजारमा साताभर हरियाली, २७०० बिन्दुबाट उकालो लाग्यो

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता देखिन्छन्।

काठमाडौं- उचाइतर्फ जान कठिन भइरहेको सेयर बजारमा यो साता भने सबै कारोबार वृद्धितर्फ नै देखिएको छ। यो साता समग्रमा बजार १०८.१९ अंकले बढेको छ। 

यो साता आइतबार २६.५३ अंक र सोमबार ९.१९ अंकले बढेको बजार मंगलबार २८.९१ अंकले बढेको थियो। बुधबार बजार ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा पुगेको बजार साताको अन्तिम कारोबारमा बिहीबार पनि सामान्य बढेको हो। 

बिहीबार ९.१४ अंकले बढेर बजार २७०३.९७ बिन्दुमा पुगेको छ। ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको बजारमा १२२ कम्पनीको सेयर मूल्य बढेको छ। १२५ कम्पनीको सेयर मूल्य घटेको छ। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिएको थियो। यो साता सबै कारोबारमा बढेको बजारले लगानीकर्ता केही सम्हालिएका देखिन्छन्। आउने साता पनि बजार सम्हालिएर नै अघि बढ्ने देखिएको छ। 

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता देखिन्छन्। 


प्रकाशित : बिहीबार , असार १९ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend