बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

ग्लोबल आईएमई क्यापिटलको 'समुन्नत योजना २' म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा

images
बिहीबार , असार १९ २०८२
images
images
ग्लोबल आईएमई क्यापिटलको 'समुन्नत योजना २' म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा

क्यापिटलले यस योजनाका एकाइधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष 'ग्लोबल आईएमई समुन्नत योजना २' म्युचुअल फन्ड सार्वजनिक निष्कासनमा ल्याउने भएको छ।

images
images

यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने 'ग्रीनसुओ अप्सन' सहितको व्यवस्था गरिएको छ।

images
images

बन्दमुखी यस योजनाको प्रतिइकाइ १० रूपैयाँका दरले १२ करोड इकाइ सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो। न्यूनतम १०० इकाइसम्म खरिद गर्न सकिनेछ। अधिकतममा योजनाको १० प्रतिशत अर्थात् १.२० करोडसम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

images
images
images

योजना अवधि इकाइ बाँडफाँट मितिदेखि १० वर्षको रहेको क्यापिटलले जनाएको छ। लाभांश नीति प्राप्त मुनाफाबाट वितरण र बाँकी रकम पुन: लगानीको रहेको छ। क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यसअनुसार यस योजनाका इकाइधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन्।

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ। क्यापिटलले यस योजनाका इकाइधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ।

ग्लोबल आईएमई म्युचुअल फण्डअन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन्। जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरिद प्रतिफल दिएको छ। त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ।

यस योजनाको व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। यस योजनाको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

यसका साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी-आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

यस योजनाको निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले आईआरएन एएमसी क्वालिटी ३ प्लस रेटिङ प्रदान गरेको छ।


प्रकाशित : बिहीबार , असार १९ २०८२१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend