बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

तनहुँका किसानलाई २२ प्रजातिका डालेघाँसको बिरुवा वितरण

images
बिहीबार , असार १९ २०८२
images
images
तनहुँका किसानलाई २२ प्रजातिका डालेघाँसको बिरुवा वितरण

उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ।

images
images

तनहुँ- जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालयले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण  गरेको छ।

images
images

उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ। गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो।

images
images

सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्यांगाेस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो।

images
images
images

जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ। जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ८५ वटा कबुलियती वन रहेको छ। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend