बिहीबार , वैशाख १३ गते २०८१    
images
images

टाटा नेक्सन इभीको फेसलिफ्ट आउँदै, के होला नयाँ? 

images
बिजनेस न्युज
images
images
टाटा नेक्सन इभीको फेसलिफ्ट आउँदै, के होला नयाँ? 

कारको रेन्जसँगै ब्याट्रीको क्षमतामा पनि परिवर्तन हुने छ। हाल ३०.२ किलोवाटप्रतिघण्टा क्षमताको ब्याट्री यसमा रहेको छ। अब आउने कारमा ३० किलोवाटसम्मको हुनसक्ने छ। 

images
images

काठमाडौं- टाटा मोटर्सले नेक्सन इभीको अपग्रेड भर्सन ल्याउने तयारी गरिरहेको छ। अप्रिल-मे भित्र आउने विश्वास गरिएको नेक्सन इभीमा केही परिवर्तन देखिने भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारहरूमा उल्लेख गरिएको छ। 

images
images
images

भारतमा धेरै बिक्री हुने यो मोडलको डिजाइनलाई यथावत राखेर अरु फिचर्स थपेर ल्याउने बताइएको छ। नेपाली बजारमासमेत नेक्सन इभी बिक्री भइरहेको छ। नेपालमै पनि यो मोडल रुचाइएकोमा पर्छ। 

images

नेक्सन इभीको आउने भर्सनमा क्षमतामा वृद्धि देखिनसक्ने छ। हाल एकपटकको चार्जिङमा ३१२ किलोमिटर रेन्ज रहेको यो कारमा अब ४ सय किलोमिटरसम्म हुने विश्वास गरिएको छ। 

images

कारको रेन्जसँगै ब्याट्रीको क्षमतामा पनि परिवर्तन हुने छ। हाल ३०.२ किलोवाटप्रतिघण्टा क्षमताको ब्याट्री यसमा रहेको छ। अब आउने कारमा ३० किलोवाटसम्मको हुनसक्ने छ। 

images
images

त्यस्तै चार्चरका सवालमा पनि यसमा परिवर्तन हुनसक्ने छ। हाल ३.३ किलोवाटको एसी चार्सर रहेकोमा अब ६.६ किलोवाटको एसी चार्जर हुनुक्ने छ। यसले गर्दा चार्जिङ समय घटाउन मद्दत गर्ने छ। 

 

images

प्रकाशित : बुधबार, फागुन ४ २०७८१२:४८
प्रतिक्रिया दिनुहोस