दाङ- तुलसीपुर उपमहानगरपालिकामा चार करोड २५ लाख २७ हजार रुपैयाँ लागतमा दुई वटा पुल निर्माण भएका छन्।
उपमहानगरपालिका-१ भएर बग्ने भमके खोला र शान्तिनगर गाउँपालिका-३ को बौलाह खोलामाती पुल निर्माण भएका हुन्।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतका अनुसार निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेसँगै दुवै पुल सञ्चालनमा आएका छन्।
शान्तिनगर गाउँपालिका-३ बाट बग्ने पातेटाकुरा खोलामा निर्माणाधीन पुलको काम यथाशीघ्र पूरा गर्न निर्माण कम्पनीलाई अनुरोध गर्दै पालिकाले निरन्तर अनुगमन गरिरहेको छ। रासस