बिहीबार , जेठ ३ गते २०८१    
images
images

तयार भयो सिमरा सेज, उद्योग राख्‍न प्रस्ताव मागिँदै

चारवटा ब्लकको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी

images
शुक्रबार, फागुन ६ २०७८
images
images
तयार भयो सिमरा सेज, उद्योग राख्‍न प्रस्ताव मागिँदै

उद्योगहरूले ७५ प्रतिशत निर्यात गर्नुपर्ने नियम राखिएको थियो। यो निर्यात सिलिङलाई घटाएर अहिले ६० प्रतिशतमा झारिएको छ। 

images
images

काठमाडौं- नेपालको दोस्रो विशेष आर्थिक क्षेत्र (सेज) सिमरामा तयार भएको छ। उद्योग व्यवसाय सञ्चालन गर्नका लागि ६८ वटा प्लट तयार भएको सेज प्राधिकरणले जानकारी दिएको छ। 

images
images
images

सरकारले ३ अर्ब लगानी गरेको सिमाराको सेजमा उद्योगीलाई प्रस्ताव पेश गर्नका लागि सार्वजनिक प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको सेजका प्रमुख कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए। सुरुमा  गार्मेन्ट उत्पादनलाई लक्षित गरेर बनाउने घोषणा गरिएको सिमरा सेजमा अहिले सबैखाले उद्योगहरू खोल्न पाइने व्यवस्था गरेको समेत भट्टले जानकारी दिए। 

images

विशेष आर्थिक क्षेत्र ऐन संशोधनको तयारी गरिएको भन्दै उनले ऐन संशोधन सँगसँगै उद्योगीहरूलाई पनि बोलाउन लागिएको समेत जानकारी दिए। भैरहवा सेज सञ्चालनमा र उद्योगीहरू आकर्षित हुन नसकेका विषयलाई समीक्षा गर्दै ऐन संसोधनसँगै नयाँ प्रस्ताव आह्वानमा जान लागेको समेत उनले जानकारी दिए।  सेजसँग जोडिएका अन्य पूर्वाधारहरू ढल निकास, पानी, सडक निर्माण सम्पन्न भइसकेको छ, आन्तरिक विद्युतीकरणका सवस्टेशन बनाउने काम समेत सुरु भएको भट्टले जानकारी दिए। 

images
images

प्राधिकरणले पहिलो पटक परियोजना ऋण (प्रोजेक्ट लोन)को ग्यारेन्टी बस्ने व्यवस्था समेत गर्न लागेको छ। यसका लागि सिमरा सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव गर्ने उद्योगी तथा व्यवसायीहरुसँग प्राधिकरणले सुरुमै प्रोजेक्ट वर्क पनि माग गर्ने तयारी गरेको छ।

images
images

नेपालको वैदेशिक व्यापार घाटालाई न्यूनिकरण गर्न र निर्यात प्रर्वद्धनको लक्ष्य राखेर आएको सेज अवधारणाले सेजमा स्थापना भएका उद्योगहरूले ७५ प्रतिशत निर्यात गर्नुपर्ने नियम राखिएको थियो। यो निर्यात सिलिङलाई घटाएर अहिले ६० प्रतिशतमा झारिएको छ। 

बनिसकेका सेजलाई सफल र पूर्ण रुपमा सञ्चालन गर्ने प्रमुख लक्ष्य रहेको भन्दै उनले सिमराका अन्य ४ वटा ब्लकमा सेज निर्माण, सञ्चालन र व्यवस्थापनका लागि निजी क्षेत्रलाई आह्वान गर्ने समेत सेजले तयारी गरेको छ। सिमरा सेजमा ५ वटा ब्लक भए पनि अहिले ब्लक ए सञ्चालन गरिने र अन्य निजी क्षेत्रलाई सञ्चालन गर्न दिने नीति ल्याउने तयारी सेजको छ।  

ब्लक ए सहित सिमरा सेज ८१४ विगामा फैलिएको छ। सरकारले निर्यात प्रवर्द्धन र व्यापार घाटा कम गराउनुका साथै देशमै रोजगारी सिर्जना गर्न ७  प्रदेशसहितका मुलुकभर १४ वटा सेज घोषणा गरेको छ। हालसम्म जम्मा भैरहवा सेज सञ्चालनमा आएको छ, भने सिमरा आउने क्रममा छ। अव पाँचखालको पनि सेज निर्माण अगाडि बढ्ने र विस्तारै अन्य क्षेत्रमा निर्माणमा जाने भट्टले जानकारी दिए। 

images

प्रकाशित : शुक्रबार, फागुन ६ २०७८०५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend