सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बागमती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने

images
बुधबार, फागुन ४ २०७८
images
images
बागमती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने

यसअघि समितिले माघ दोस्रो साता सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताभित्र वाग्मतीको गुह्येश्वरीबाट थापाथली पुलसम्म स्वीकृति नलिई बनेका संरचना हटाउने समय दिएको थियो ।   

images
images

काठमाडौं- अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थित रूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ ।

images
images

सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार नदी किनारको अव्यवस्थित बस्ती हटाउन समिति गठन गर्ने सहमति भएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिइन्। समितिमा सुकुम्बासीका एक जना प्रतिनिधिलाई पनि समावेश गराइने भएको छ। समितिका सञ्चालक सदस्यको संयोजकत्वमा विज्ञसहितको समिति गठन गरेर समस्या समाधानमा काम गर्ने तयारी भएको छ।

images
images

 बागमती किनारका सुकुम्बासीलाई व्यवस्थापन गर्न इचङ्गुनारायणमा पाँच वर्षअघि नै सरकारले भवन बनाए पनि सार्न सकेको छैन। बनेका भवन प्रयोगविहीन बनेका छन्। यसअघि समितिले माघ दोस्रो साता सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताभित्र वाग्मतीको गुह्येश्वरीबाट थापाथली पुलसम्म स्वीकृति नलिई बनेका संरचना हटाउने समय दिएको थियो। 
 
यस क्षेत्रमा समितिको स्वीकृति नलिई १३ संरचना निर्माण भएको सूचना अधिकारी अर्यालले बताइन्। त्यसमध्ये एउटा संरचना निर्माणकर्ता पक्षले भत्काएका छन्। बाँकी १२ संरचना निर्माणकर्ताले पनि केही दिनमा आफैँ भत्काउने प्रतिबद्धता जनाएकाले समय दिइएको समितिले जनाएको छ। स्वीकृति नलिई बनाएका संरचना भत्काउन समितिले माइकिङमार्फत समेत जानकारी गराइसकेको छ।

images
images
images

गोकर्णबाट गुह्येश्वरीको नदी किनारमा स्वीकृति नलिई भत्काइएका करिब दुई दर्जन संरचना यसअघि नै समितिले भत्काइसकेको छ। बागमती किनारको चोभारसम्म स्वीकृति नलिई बनेका संरचना भत्काएर सौन्दर्य अभिवृद्धि कार्यक्रम अघि बढाइने जनाइएको छ।


प्रकाशित : बुधबार, फागुन ४ २०७८१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend