शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

३४ अंकले बढ्यो सेयर बजार, ९ अर्ब ७४ करोडको कारोबार

images
बुधबार, असार १८ २०८२
images
images
३४ अंकले बढ्यो सेयर बजार, ९ अर्ब ७४ करोडको कारोबार

बुधबार १८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको स्थिर रहेको छ।

images
images

काठमाडौं- यो साता लगातार बढिरहेको सेयर बजारमा साताको चौथो कारोबारमा पनि हरियाली छाएको छ। बुधबार बजार ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा पुग्दा ९ अर्ब ७४ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ।

images
images

बुधबार १८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको स्थिर रहेको छ।

images
images

यो साता आइतबार २६.५३ अंक र सोमबार ९.१९ अंकले बढेको बजार मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ बिन्दुमा पुगेको थियो। मंगलबार २१७ कम्पनीको सेयर मूल्य बढ्दा ७ अर्ब ३ करोड रूपैयाँको कारोबार भएको थियो।

images
images
images

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिएको थियो। यो साता तीन कारोबारमा नै बढेको बजारले लगानीकर्ता केही सम्हालिएका देखिन्छन्। 

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता देखिन्छन्।


प्रकाशित : बुधबार, असार १८ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend