बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

भोजपुरका किसानलाई मिनीटिलर र घाँस काट्ने मेसिन वितरण

images
बुधबार, असार १८ २०८२
images
images
भोजपुरका किसानलाई  मिनीटिलर र घाँस काट्ने मेसिन वितरण

किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो।

images
images

भोजपुर- पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ। गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको हो।

images
images

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो।

images
images

गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो। किसानलाई आनुधिक खेती प्रणालीमा जोड्दै यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उनकाे भनाइ छ।

images
images
images

गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै पालिका उपाध्यक्ष ज्योत्सना राईले करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताइन्। महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका उनकाे भनाइ छ। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend