पर्सा- स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँ हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पकाहामैनपुर गाउँपालिका-२ का अनिल वर्णवालाई ९ लाख ४७ हजार रुपैयाँसहित र वीरगञ्ज महानगर आर्दशनगरबाट पक्राउ गरिएको हो।
त्यस्तै वडा नम्बर ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरिएको छ। बाराको परवानीपुर गाउँपालिका-४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई तीन लाख रुपैयाँसहित पक्राउ गरिएको हो।
अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ। रासस