मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी गर्न परराष्ट्रमन्त्री डा. राणाको आग्रह

images
मंगलबार, असार १७ २०८२
images
images
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी गर्न परराष्ट्रमन्त्री डा. राणाको आग्रह

राष्ट्र संघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभा अन्तर्गत म‌ंगलबार आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे आग्रह गरेकी हुन्।

images
images

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छन्।

images
images

राष्ट्र संघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभा अन्तर्गत म‌ंगलबार आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे आग्रह गरेकी हुन्।

images
images

साथै कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व बजारबाट लाभ लिन सकिने उनकाे भनाइ छ। ‘कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीति बमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका छन्’ मन्त्री डा. राणाले भनिन्।

images
images
images

तर, ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुत पनि नेपालले बृहत मात्रामा कृषि उपजहरु निर्यात गर्न नसकेकाे उनकाे भनाइ छ। जसका कारण नेपाललाई यस क्षेत्रमा ठूलो वैदेशिक लगानीको आवश्यकता रहेकाे उनकाे भनाइ छ।

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआइको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको दाबी गरेकी छन्।

उनले नेपालमा किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकुल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको उनकाे तर्क छ। उनले कृषिलाई मर्यादित र आकर्षक पेशा बनाउनुपर्ने धारणा पनि राखेकी छन्।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पूर्व सभापति मन्त्री डा. राणाले भनिन्, ‘कृषकहरुको सामाजिक छवि अहिले पनि बदल्न सकिएको छैन। म कृषि समितिको सभापति बन्दा पनि कतिपयले किन यो समिति रोजेको पनि भनेको सम्झना छ। तर, मैले नै सो समिति रोजेकी थिएँ।’

नेपालको ८३ प्रतिशत भू-भाग पहाड वा हिमाली क्षेत्र रहेको र जहाँ अधिकांश जमिन स-साना टुक्रामा अवस्थित रहेकोले पनि कृषि कार्य अत्यन्त कठिन भएपनि यसलाई लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र र गरिबीसँग जोडिएको बताइन्।

नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो आयस्रोत बनेको विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको र कृषिको योगदान दोस्रो स्थानमा अर्थात् करिब २३ प्रतिशन रहेको बताउँदै मन्त्री डा. राणाले कृषि क्षेत्र अझै पनि करिब ८० प्रतिशत जनसंख्याको रोजगारीको माध्यम बनेको चर्चा गरिन्।

पछिल्लो समय जलवायुजन्य दुष्प्रभावका कारण कृषि क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको र नेपालका लागि यो गम्भीर चिन्ताको विषय भएको उनले बताएकी छन्। गाउँ-गाउँमा युवा र पुरुष वर्गको अनुपस्थितिका कारण खेतीमा जंगली जनावरहरुको आक्रमण बढ्दा किसानहरु मर्कामा पर्नुका साथै मानव वन्यजन्तुबीच द्वन्द्व पनि बढेको उनकाे भनाइ छ।

मन्त्री डा. राणाले कृषिलाई शिक्षा, पोषण र स्वास्थ्यसँग समन्वय गरेर अघि बढाउने प्रयास सफल भइरहेको पनि स्पष्ट पारिन्।


प्रकाशित : मंगलबार, असार १७ २०८२१७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend