मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

पर्याप्त वर्षा नहुँदा सिरहामा रोपाइँ प्रभावित

images
मंगलबार, असार १७ २०८२
images
images
पर्याप्त वर्षा नहुँदा सिरहामा रोपाइँ प्रभावित

कृषि ज्ञान केन्द्र सिराहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार जिल्लामा कुल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन छ। तर, हालसम्म जम्मा १८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ।

images
images

सिराहा- असारको मध्यसम्म पनि सिराहाका धेरै खेत सुक्खै छन्। खेत जोतिएको छ, बीउ पनि तयार छ, तर वर्षा नहुँदा रोपाइँ थाल्न नसकेका किसान आकाशतिर हेर्दै पानीको पर्खाइमा छन्। सिँचाइको भरपर्दो व्यवस्था नहुँदा सिराहाका किसान आज पनि आकाशे पानीको भरमा खेती गर्न विवश छन्।

images
images

रोपाइँ सकेर हरियाली भइसक्नुपर्ने खेत अझै सुनसान छन्। कहिले वर्षा होला र धान रोपाइँ सुरु गर्न पाइएला भनेर किसानको अनुहारमा चिन्ता झल्किन थालेको छ। वर्षा लागिसकेको भएपनि पर्याप्त पानी नपर्दा उनीहरूको पर्खाइ लम्बिँदै गएको छ।

images
images

‘समयमा वर्षा नहुँदा रोपाइँ गर्न पाइएन। पानी परेपछि मात्र काम अघि बढ्छ’ लहान नगरपालिका-२३ का रामकुमार यादवले भने, ‘हामी त हरेक बिहान आकाश हेर्छौँ। कहिले बादल लाग्छ, कहिले घाम आउँछ। तर, पानी पर्दैन।’

images
images
images

उनले रोपाइँका लागि झण्डै दुई बिघा खेत जोतिसकेका छन्। बीउ पनि तयार छ, तर वर्षा नहुँदा हात बाँधेर बस्न बाध्य हुनुपरेको छ। वर्षा नहुँदा रोपाइँको याम नै खेर जाने चिन्ता बढेको उनले सुनाए।

सिराहालगायत तराईका अन्य जिल्लामा अझैपनि अधिकांश किसान आकाशे पानीमै भर पर्ने गर्दछन्। सिँचाइको सुविधा नहुँदा वर्षाको भरमा खेती गर्ने किसानलाई प्रत्येक वर्ष असार महिनामा आकाशले साथ दिने/नदिने कुराले ठूलो प्रभाव पार्छ।

कृषि ज्ञान केन्द्र सिराहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार जिल्लामा कुल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन छ। तर, हालसम्म जम्मा १८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। उनी भन्छन्, ‘अहिलेसम्म भएको रोपाइँ पनि किसानले बोरिंगको सहायताले गरेका हुन्।’

कृषि ज्ञान केन्द्रको आंकलनअनुसार केही दिनभित्र पर्याप्त वर्षा नभए बाँकी खेतीयोग्य जमिनमा रोपाइँ गर्ने समय ढिला हुँदै जान्छ। यसको प्रत्यक्ष असर धान उत्पादनमा पर्नेछ। सिँचाइ सुविधा विस्तार, जल सञ्चयन प्रणालीको विकास, र मौसमी पूर्वानुमानमा आधारित कृषि तालिकाको आवश्यकता किसानले बारम्बार उठाउँदै आएका छन्। रासस


प्रकाशित : मंगलबार, असार १७ २०८२१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend