मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

मेवा बिक्रीबाट मनग्य आम्दानी गर्दै सहकारी

images
मंगलबार, असार १७ २०८२
images
images
मेवा बिक्रीबाट मनग्य आम्दानी गर्दै सहकारी

सहकारीले ९ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो।

images
images

दाङ- दाङको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ। घोराही उपमहानगरपालिका-४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको हाे।

images
images

सहकारीले ९ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो। उक्त जग्गाको वार्षिक ३६ हजार रुपैयाँ भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए।

images
images

सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट ५० हजार र पाकेको फल बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए। मेवा बिक्रीबाट आएको मुनाफालाई सेयर सदस्यलाई दिने गरिएको उनकाे भनाय छ।

images
images
images

सुरुमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो। त्यसमा दुई सय ५० बिरुवा सहकारीबाट लगाइएको हाे। एक पोका बीउलाई आठ हजार पाँच सय पर्ने गरेको चौधरी बताउँछन्। प्रत्येक पोकाबाट चार सय बिरुवा उत्पादन हुने गरेको उनीसँग अनुभव छ।

मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई सय रुपैयाँका दरले र त्योभन्दा कम लैजानलाई एकसय ५० रुपैयाँका दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताउँछन्। मेवाको फल र बिरुवा पनि राम्रौ बिक्री हुने गरेका छन्।

सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै सेयर सदस्य खुसी भएको उनकाे भनाइ छ। कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जानेछ। भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने सहकारीकाे याेजना छ।

यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो।

सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष डेढ लाख रुपैयाँ आम्दानी गरेको थियो। तीन सय ५० सदस्य रहेको बलिदान कृषि सहकारीको डेढ करोड रुपैयाँ पुँजी रहेको छ। रासस


प्रकाशित : मंगलबार, असार १७ २०८२१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend