मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

विपदमा निजी हेलिकप्टर प्रयोग गर्न गृह मन्त्रालय र वायुसेवा सञ्चालकबीच समझदारी

images
मंगलबार, असार १७ २०८२
images
images
विपदमा निजी हेलिकप्टर प्रयोग गर्न गृह मन्त्रालय र वायुसेवा सञ्चालकबीच समझदारी

गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालय अन्तरगतकाे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच हवाई उद्धारका लागि सम्झौता भएको हो।

images
images

काठमाण्डौं- विपदमा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्ने सम्बन्धी गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

images
images

गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालय अन्तरगतकाे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच हवाई उद्धारका लागि सम्झौता भएको हो।

images
images

समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपदकाे समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क रुपमा हेलिकप्टर परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने भएको छ।

images
images
images

त्यसैगरी विपदकाे समयमा नागरिकहरुको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजी हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउदै परिचालन गरिनेछ। वायुसेवा सञ्चालक संघले विपदकाे समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिक रुपमा पालो तोकी निजी हेलिकप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ।

त्यस्तै हेलिकप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रुपमा अद्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृहमन्त्रालयले जनाएको छ।

दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपदग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ। गृह मन्त्रालयमार्फत उद्धार उडानको लागि आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्यान प्राधिकरणलाई समेत जानकारी गराउनेछ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्य नजर गरी हेलिकप्टर संचालनको न्यूनतम खर्चमा परिचालन गर्ने सहमती भएकाे छ।

हेलिकप्टर प्रयोग बापतको रकम बिल तथा विपदका घटनाको खोज तथा उद्धारमा उडान भएको प्रमाणित कागजात मन्त्रालयबाट भएको आदेशलगायतका कागजातहरु प्राप्त भए पश्चात प्राधिकरणले भुक्तानी दिने प्रबन्ध गरिएको छ।

त्यसका साथै समयमै उद्धार उडान गर्ने गराउने प्रयोजनार्थ गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल नागरिक उड्यान प्राधिकरण र निजी वायुसेवा संचालक संघका प्रतिनिधिहरु रहेको एक समन्वय समिति गठन गर्ने मन्त्रालयले जनाएको छ।

एक वर्षका लागि गरिएको आपसी समझदारीमा पुनः नविकरण गर्न सकिने उल्लेख छ। समझदारीपत्रमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका छन्।

दुई पक्षीय समझदारीपछि बोल्दै गृहमन्त्री रमेश लेखकले असल कार्यको थालनी भएको बताए। ‘हामी मनसुनको प्रारम्भिक चरणमा छौँ। मनसुनजन्य विपदबाट ठुलो जनधनको क्षति भएको अवस्था छ। नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौँ’  गृहमन्त्री लेखकले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद खोज, उद्धार तथा प्रतिकार्यमा सक्रिय छ।’

मन्त्री लेखकले विपदमा सहयोग गर्ने समझदारी गरेको वायु सेवा सञ्चालक संघलाई सरकारका तर्फबाट धन्यवाद दिएका छन्। ‘विपदकाे अत्यन्त ज्यादा जोखिमको भूगोलमा छौँ। प्रत्येक वर्ष विपदले समस्या निम्त्याउछ। जुनसुकै बेला भूकम्प जान सक्छ’ उनले भने ‘नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौँ।’


प्रकाशित : मंगलबार, असार १७ २०८२१५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend