सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

लगातार उचाइतर्फ सेयर बजार, २८ अंकले बढ्दा ७ अर्ब रुपैयाँको कारोबार

मंगलबार, असार १७ २०८२
लगातार उचाइतर्फ सेयर बजार, २८ अंकले बढ्दा ७ अर्ब रुपैयाँको कारोबार

काठमाडौं- उचाइतर्फ जान धरमर गरिरहेको सेयर बजारमा यो साता लगातार तीन कारोबारमा नै वृद्धितर्फ देखिएको छ। 

आइतबार २६.५३ अंक र सोमबार ९.१९ अंकले बढेको बजार मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ बिन्दुमा पुगेको छ। २१७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ। ३१ कम्पनीको सेयर मूल्य घटेको छ। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिएको थियो। यो साता तीन कारोबारमा नै बढेको बजारले लगानीकर्ता केही सम्हालिएका देखिन्छन्। 

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको देखिन्छ।

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता देखिन्छन्। 


प्रकाशित : मंगलबार, असार १७ २०८२१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend