मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

चितवनका दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

images
मंगलबार, असार १७ २०८२
images
images
चितवनका दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार चार सय ९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो।

images
images

चितवन- पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ।

images
images

नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार चार सय ९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो। केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका-९, १० र ११ का बासिन्दामध्ये विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ।

images
images

यसैगरी राप्ती-१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ। कालिका नगरपालिकामा एकसय ९५ परिवारलाई मिटरबक्स वितरण गरिएको उनले बताए। अन्यलाई क्रमशः वितरण गर्दै जाने तयारी छ।

images
images
images

मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबीसमेत निःशुल्क प्रदान गरिएको छ। चौधरीका अनुसार ती दुई पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले एक करोड २० लाख रुपैयाँ खर्च गर्दैछ। यसरी वितरण गर्न लागिएका मिटरबक्स पाउने अधिकांश चेपाङ समुदायका रहेका छन्।

उनीहरुले मासिक २० युनिटसम्म विद्युत खपत गर्दा ३० तिर्नुपर्ने हुन्छ। चौधरीले भने, ‘अति विपन्न परिवारलाई मिटरबक्स जडान थालेका छौँ, विद्युत शुल्क भने उनीले तिर्नुपर्ने हुन्छ। लक्षित वर्गलाई यथासक्य छिटो मिटरबक्स जडानका लागि पहल गरिदिन वडाअध्यक्षमार्फत सहजीकरणका लागि अनुरोध गरिएको उनले बताए।

रितपूर्वक प्राप्त निवेदनपश्चात मिटरबक्स जडान गरिनेछ। यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बसोबास गर्नेलाई मिटरबक्स निःशुल्क वितरण गरिएको थियो। रासस


प्रकाशित : मंगलबार, असार १७ २०८२१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend