मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

कर्णाली राजमार्गको कालीकोट खण्ड एकतर्फी खुल्यो

images
सोमबार, असार १६ २०८२
images
images
कर्णाली राजमार्गको  कालीकोट खण्ड एकतर्फी खुल्यो

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

images
images

कालीकोट- पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

images
images

सडक डिभिजन कार्यालय जुम्ला जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका-२ को जितेबजार, शुभकालिका गाउँपालिका-१ को गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको हो।

images
images

पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए। ‘साँघुरो सडकका कारण दोहोरो रुपमा गाडी गुडाउन  समय लाग्ने गरेको छ’ उनले भने, ‘डोजरले सडक फराकिलो पार्ने काम भइरहेको छ।’

images
images
images

सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म तथा जुम्ला र मुगुबाट सुर्खेतका लागि छुटेका सवारीसाधन बाटोमै थन्किएपछि यात्रुले सास्ती पाएका थिए। सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो। रासस


प्रकाशित : सोमबार, असार १६ २०८२१८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend