सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

images
सोमबार, असार १६ २०८२
images
images
धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ।

images
images

कैलाली- आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ।

images
images

धनगढी उपमहानगरपालिका-१३ श्रीलंकाका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए।

images
images

उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी, धनगढी-१३ श्रीलंकाका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ।

images
images
images

सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए। जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, असार १६ २०८२१६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend