सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

images
सोमबार, असार १६ २०८२
images
images
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार चार सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।

images
images

कञ्चनपुर- कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार चार सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।

images
images

वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उनले बताए। धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ। किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन्। त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ।

images
images

सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ। वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन्। महाकाली सिँचाइको सुविधा पुगेका क्षेत्रमा किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँको कार्य गर्दै आएका छन्।

images
images
images

नहर नभएका क्षेत्रमा किसानले असारको पहिलो सातादेखि नै स्यालो ट्युवेल, डिप ट्युवेलबाट सिँचाइ गरी खेत हिल्याएर रोपाइँको कार्य गर्दै आएका हुन्। भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकालगायतका केही क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ।

अन्य क्षेत्रका किसानले निजी र अनुदानमा जडान गरिएका स्यालो ट्युवेल, डिप ट्युवेलबाट धान रोपाइँका लागि सिँचाइ गर्दै आएका छन्। सिँचाइको सुविधा नपुगेका आकासेपानीको भरमा रोपाइँ गर्ने किसानले समेत गएरातिदेखि आज बिहानसम्म परेको वर्षाको पानीबाट धान रोपाइँको कार्यलाई अगाडि बढाएका छन्।

शुक्लाफाँटा नगरपालिका-३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहुँदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोप्ने कार्य गरेको बताए। ‘समयमै रासायनिक मल पायौँ, अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौँ, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ’ उनले भने।

लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उनको भनाइ छ। धानको बीउबिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन्। किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशंकर (हाइब्रिड) जातका धान बढी रोप्ने गरेका छन्। रासस


प्रकाशित : सोमबार, असार १६ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend