सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

चुरे क्षेत्रको विनास रोक्दै पर्यावरणको सुरक्षा गर्न मधेसमा ८६ लाख वृक्षारोपण गरिने

images
सोमबार, असार १६ २०८२
images
images
चुरे क्षेत्रको विनास रोक्दै पर्यावरणको सुरक्षा गर्न मधेसमा ८६ लाख वृक्षारोपण गरिने

प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए।

images
images

जनकपुरधाम- मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ। अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोप्ने तयारी छ।

images
images

प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए। ‘चालु आर्थिक वर्षमा ५० किमी सडकपेटी तथा दुई सय ७८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण हुनेछ’ घिमिरे भने।

images
images

मन्त्रालयबाट प्राप्त जानकारीअनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी संघीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ। ती बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिने उनको भनाइ छ।

images
images
images

उत्पादन भएका बिरुवामध्ये करिब आठ प्रतिशत बिरुवा सरकारी वनक्षेत्र तथा डिभिजन वन कार्यालयको मातहत रहने क्षेत्रमा रोपिने छ भने बाँकी ८० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने छ। यसमार्फत हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने सरकारको दिगो लक्ष्य छ।

यस अभियानले वनजंगलको संरक्षण, चुरेक्षेत्रको संरक्षण हुने, नदी तथा भूमि कटान रोकथाम हुने र पर्यावरण सुरक्षा तथा सुधारमा सकारात्मक योगदान पुग्ने प्रदेश सरकारको  विश्वास छ। डिभिजन वन कार्यालय धनुषा जनकपुरधामका वन अधिकृत अनिल साहका अनुसार धनुषा जिल्लाअन्तर्गत जनकपुर-ढल्केवर सडक खण्डको दुवै क्षेत्रको पेटीमा चार हजार चार सय बिरुवा रोप्न सुरु भइसकेको छ। रासस


प्रकाशित : सोमबार, असार १६ २०८२१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend