शनिबार, असोज ५ गते २०८१    
images
images

एमसीसीको पक्षमा र्‍याली

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
images
images
एमसीसीको पक्षमा र्‍याली

एमसीसी नेपालको विद्युत् विकासको मेरूदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । 

images
images

काठमाडौं- अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ । 

images
images
images

स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डला लगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो । एमसीसी नेपालको विद्युत् विकासको मेरूदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । 

सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा केही प्रभावित भएको छ । रासस


प्रकाशित : बुधबार, फागुन ४ २०७८१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend