काठमाडौं-इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका आईपीओ बाँडफाँट आज दिउँसो बाँडफाँट गरेको हो।
कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा मार्फत योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले मात्रै न्युनतम १० कित्ताको दरले सेयर पाएका छन्। यसमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन।
कम्पनीको आईपीओमा २३ लाख २८ हजार ७०६ जना योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजर ९७० कित्ता सेयरको लागि आवेदन गरेको थियो।
कम्पनीले कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।