सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

सोमबार, असार १६ २०८२
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ, तथा स्वीस फ्रयाङ्कको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०० रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

जापानी येन (१० को दरमा) खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा तोकिएको छ।

साउदी रियाल ३६ रुपैयाँ ३९ पैसा खरिददर र ३६ रुपैयाँ ५५ पैसा बिक्रीदरमा, कतारी रियाल ३७ रुपैयाँ ३४ पैसा खरिददर र ३७ रुपैयाँ ५० पैसा बिक्रीदरमा, युएई दिराम ३७ रुपैयाँ १६ पैसा खरिददर र ३७ रुपैयाँ ३२ पैसा बिक्रीदरमा तोकिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट ३२ रुपैयाँ २७ पैसा खरिददर र ३२ रुपैयाँ ४१ पैसा बिक्रीदरमा छ।

साउथ कोरियन वन (१०० को दरमा) खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर १४ रुपैयाँ ३८ पैसा खरिददर र १४ रुपैयाँ ४४ पैसा बिक्रीदर, डेनिस क्रोनर २१ रुपैयाँ ४४ पैसा खरिददर र २१ रुपैयाँ ५३ पैसा बिक्रीदरमा निर्धारण गरिएको छ।

हङकङ डलर १७ रुपैयाँ ३८ पैसा खरिददर र १७ रुपैयाँ ४६ पैसा बिक्रीदरमा, कुवेती दिनार ४४७ रुपैयाँ खरिददर र ४४८ रुपैयाँ ९७ पैसा बिक्रीदरमा, बहराइन दिनार ३६१ रुपैयाँ ८५ पैसा खरिददर र ३६३ रुपैयाँ ४४ पैसा बिक्रीदरमा, ओमनी रियाल ३५४ रुपैयाँ ४५ पैसा खरिददर र ३५६ रुपैयाँ ०१ पैसा बिक्रीदरमा कारोबार हुनेछ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले तोकेको विनिमय दर आवश्यकतानुसार जुनसुकै बेला परिवर्तन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने उल्लेख गरिएको छ। अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने व्यवस्था छ। रासस


प्रकाशित : सोमबार, असार १६ २०८२०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend