काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँ घटेको छ। मंगलबार ९६ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९५ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य ३५ रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १२ सय ८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।