सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

उचाइतर्फ जान धरमर गरिरहेको सेयर बजारमा वृद्धि, अब समात्ला बढ्दो लय?

आइतबार, असार १५ २०८२
उचाइतर्फ जान धरमर गरिरहेको सेयर बजारमा वृद्धि, अब समात्ला बढ्दो लय?

काठमाडौं- उचाइतर्फ जान धरमर गरिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा राम्रो वृद्धि देखिएको छ। 

आइतबार २६.५३ अंकले बढेर बजार २६२२.२८ बिन्दुमा उक्लिएको छ। १८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब १२ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। ६३ कम्पनीको सेयर मूल्य घटेको छ। 

गएको साता पहिलो कारोबारमा आइतबार ३२.९२ अंकले ओरालो लागेकोमा सोमबार ४.७८ अंकले बढेको थियो। मंगलबार बजार ०.२२ अंकले घटेको बजार बुधबार पनि ०.३४ अंकले घटेको थियो। बिहीबार पनि बजार ४.४४ अंकले घटेर २५९५.७५ बिन्दुमा झरेको थियो। बजार त्यसअघिको साता समग्रमा २६.४७ अंकले घटेको थियो।  

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा रहेका लगानीकर्ता लामो समयदेखि पर्ख र हेरको अवस्थामा नै छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिएको थियो। यो साता पहिलो कारोबारमा आइतबार बढेको बजारले लगानीकर्ता केही सम्हालिएका देखिन्छन्। 

उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। एक वर्षअघिको अवस्थामा बजार पुग्ने आशमा रहेका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको छ। गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। 


प्रकाशित : आइतबार, असार १५ २०८२१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend