काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अस्वीकार गरेका छन्।
अर्थमन्त्रीका रूपमा अमेरिकन सहायता परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। तर अर्थमन्त्रीले उक्त निर्देशन अस्वीकार गरेका छन्।
अर्थमन्त्रीले टेबल गर्न अस्वीकार गरेपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्ने जिम्मा लिएका छन्।
नेपालको प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीसँग असमझदारी भएपछि मन्त्रीले सरकार छाड्नुपर्ने हुन्छ। तर अहिलेसम्म माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले त्यस्तो निर्णय गरेका छैनन्।