सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

धमाधम हकप्रद सेयर जारी गर्दै जलविद्युत् कम्पनीहरू, बैशाखयता ७ कम्पनीले पाए अनुमति, कुनको कति?

आइतबार, असार १५ २०८२
धमाधम हकप्रद सेयर जारी गर्दै जलविद्युत् कम्पनीहरू, बैशाखयता ७ कम्पनीले पाए अनुमति, कुनको कति?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै ती कम्पनीहरूले करिब ३ अर्ब ५० करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको तयारी गरेका छन्।

काठमाडौं- बैशाखदेखि हालसम्म ७ वटा जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन्।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै ती कम्पनीहरूले करिब ३ अर्ब ५० करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको तयारी गरेका छन्।

बोर्डका अनुसार सबै कम्पनीहरू निजी क्षेत्रका हुन् र उनीहरूले जारी पुँजी वृद्धिसँगै आयोजना निर्माण, कर्जा तिर्ने र वित्तीय पुनर्संरचनाजस्ता उद्देश्यका लागि हकप्रद ल्याउन लागेको जनाइएको छ। केही कम्पनीले हकप्रदको प्रक्रिया अगाडि बढाइसकेका छन् भने केहीले सेयर निष्कासनको मिति तोक्न बाँकी छ।

सबैभन्दा पहिले छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रदका लागि स्वीकृति लिएको थियो। कम्पनीले १:१ अनुपातमा करिब ३८ लाख कित्ता हकप्रद निष्कासन गर्दै छ, जसबाट ३८ करोड ६९ लाख रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ।

यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडले पनि १:१ अनुपातमा ४० करोड रुपैयाँबराबरको हकप्रद ल्याउने तयारी गरेको छ। त्यसपछि राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेडले ६१ करोड रुपैयाँबराबरको हकप्रद अनुमति लिएको छ।

पिपुल्स पावर लिमिटेडले १:०.५ अनुपातमा ३१ करोड रुपैयाँभन्दा बढीको सेयर निष्कासन गर्न स्वीकृति पाएको छ। बरुण हाइड्रोपावर कम्पनी, जोशी हाइड्रो डेभलपमेन्ट कम्पनी र खानी खोला हाइड्रोपावर कम्पनीले पनि बोर्डबाट हकप्रद स्वीकृति लिएका छन्। यी तीन कम्पनीको हकप्रद निष्कासनबाट क्रमशः ५३ करोड, २४ करोड र ४६ करोड रुपैयाँ बराबरको पुँजी जुट्नेछ।

कुन कम्पनीले कति हकप्रद ल्याउँदै छन्?

कम्पनी अनुपात कित्ता संख्या रकम (रु.) व्यवस्थापक कम्पनी अनुमति मिति
छ्याङ्दी हाइड्रोपावर १:१ ३८,६९,७७६ ३८.६ करोड ग्लोबल आइएमई क्यापिटल २०८२/०१/१२
तेह्रथुम पावर कम्पनी १:१ ४०,००,००१ ४० करोड नबिल इन्भेस्टमेन्ट २०८२/०१/१९
राप्ती हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन १:१ ६१,२७,९३९ ६१.२ करोड मुक्तिनाथ क्यापिटल २०८२/०१/२५
पिपुल्स पावर लिमिटेड १:०.५ ३१,६३,००० ३१.६ करोड प्रभु क्यापिटल २०८२/०२/०२
बरुण हाइड्रोपावर १:१ ५३,५८,१५१ ५३.५ करोड आरबिबि मर्चेण्ट २०८२/०२/०६
जोशी हाइड्रो डेभलपमेन्ट १:०.६५ २४,१४,१०० २४.१ करोड लक्ष्मी क्यापिटल २०८२/०२/२६
खानी खोला हाइड्रोपावर १:१ ४६,५७,१४३ ४६.५ करोड सिटिजन्स क्यापिटल २०८२/०३/१०

 


प्रकाशित : आइतबार, असार १५ २०८२०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend