शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

असारको तेस्रो साताभित्रै भुक्तानी माग गर्न पूर्वाधार विकास कार्यालय वीरगञ्जको आग्रह

images
शनिबार, असार १४ २०८२
images
images
असारको तेस्रो साताभित्रै भुक्तानी माग गर्न पूर्वाधार विकास कार्यालय वीरगञ्जको आग्रह

कार्यालयले आव २०८१/८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम, ३० (७) र (८) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडीसम्म मात्र भुक्तानी हुने बताएको छ।

images
images

पर्सा- पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानी चालु आर्थिक वर्ष सम्पन्न हुनुभन्दा एक साताअघिसम्म मात्र भुक्तानी हुने जनाएको छ।

images
images

कार्यालयले आव २०८१/८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम, ३० (७) र (८) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडीसम्म मात्र भुक्तानी हुने बताएको छ।

images
images

पूर्वाधार विकास कार्यालय वीरगञ्जका कार्यालय प्रमुख लालबाबु रायले असार महिनामा भुक्तानी कार्यमा अत्यधिक चाप हुने र आइपिएफएम प्रणालीमा पनि सोहीअनुरूप चाप पर्ने भएकाले यस कार्यालयमा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आवश्यक कागजातहरू तोकिएको समयभित्रै पेस गर्नका लागि अनुरोध गरेका हुन्।

images
images
images

‘भुक्तानीका लागि आवश्यक पर्ने निवेदन, बिल भर्पाइ, अनुसूची फारमहरू, मूल्यांकन बिलसहित यस कार्यालयमा २०८२ साल असार १८ गतेसम्म आवश्यक कागजातसहित निवेदन दिनुहुन अनुरोध छ’, प्रमुख रायले भने।

तोकिएको समयभित्र दर्ता हुन नआएमा कार्यालय जवाफदेही नहुने र सोको भुक्तानी छुट भए सोको जवाफदेहिता सम्बन्धित उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू र सरोकारवालाहरू स्वयं नै रहने पनि उनकाे भनाइ छ। रासस


प्रकाशित : शनिबार, असार १४ २०८२१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend