शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका स्थानीय तह

images
शनिबार, असार १४ २०८२
images
images
कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका स्थानीय तह

कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तानसेन नगरपालिकाले नगर भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, बाख्रा र मौरीघार प्रदान गर्दै आएको छ।

images
images

पाल्पा- यहाँका स्थानीय तहले कृषि र पशुपालनबाट आफ्नो क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने  जमर्को गरेका छन्। तानसेन र रामपुर नगरपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने जमर्को गरेका हुन्।

images
images

कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तानसेन नगरपालिकाले नगर भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, बाख्रा र मौरीघार प्रदान गर्दै आएको छ। आर्थिक विकास परियोजना अन्तर्गत नगरपालिकाले यहाँका किसानलाई बाख्रा, मौरीघार र अन्य कृषि सामग्रीहरु उपलब्ध गराउदै आएको हो।

images
images

नगरको नीति तथा योजनाअनुसार आर्थिक विकास संघ रेडासँग सहकार्य गर्दै नगरपालिकाले ११ वटा वडामा बाख्रा, कुखुरा, बिउबिजन वितरण गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। उनी भन्छन्, ‘हामी कृषि र पशुपालनबाटै नगरको समृद्धि खोजिरहेका छौँ, जबसम्म हामीले किसानलाई व्यावासायिक बनाउन सक्दैनौँ तबसम्म समृद्धि हासिल हुँदैन।’

images
images
images

हालसम्म वडा नं. १ मेड्पाअन्तर्गत सिलाई मेसिन, वडा नं. ६ मा २० वटा बाख्रा, वडा  नं. ७ मा २० वटा बङ्गुर, वडा नं. ८ का कृषकलाई २० वटा बाख्रा, वडा नं. ९ मा सुन्तला फलफूल वितरण, वडा नं. १० का कृषकलाई २२ वटा बिउपाठी र १ बिउ बोका उपहारको रूपमा प्रदान गरिएको छ।

यसैगरी, वडा नं. ११ मा पाँच हजार कुखुरा, ६२ वटा बाख्रा, एउटा बिउ बोका, २२ गोलासहित मौरी घार, वडा नं. १२ मा ५८ वटा हाते टयाक्टर, २९ कम्वायल, १२ कन्सेलर, प्रदान गरिएको नगरपालिका प्रवक्ता  यादवसिंह कार्कीले जानकारी दिए। बाख्राका पाठापाठी अन्य कृषकलाई उपहार दिनेगरी बाख्रा प्रदान गरिएको हो।

आर्थिक विकास संघ रेडा पाल्पाका निर्देशक लीलाबहादुर कार्कीले किसानलाई प्रोत्साहन गर्दै कृषकका आवश्यकता र मागका आधारमा तानसेन नगरपालिकाको आर्थिक सहयोग र हेफर नेपालको प्राविधिक सहयोग, रेडाको सहजीकरणमा कृषि सामग्री उपलब्ध गराएको बताए। साथै रामपुर नगरपालिकाले पनि कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५  मौरीका घार वितरण गरेको छ।

पालिकाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो। मौरी पालनलाई व्यवसायिक रुपमा प्रबर्द्धन गर्न घार वितरण गरिएको नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताइन्। परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर-४ का किसान शेरबहादुर रानाले आधुनिक घार पाएपछि आफूमा उत्साह थपिएको बताए। रासस


प्रकाशित : शनिबार, असार १४ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend