काठमाडौं-राष्ट्र उत्थान लघुवित्त वित्तले आज बुधबारबाट सर्वसाधारणलाई आईपीओ बिक्री जारी गरेको छ।
कम्पनीले जारी गरेको आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने छ। यसमध्ये ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको छ।
कम्पनीले कर्मचारीलाई १३ हजार कित्ता सेयर छुट्याएको छ। बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणले पाउने छन्।
कम्पनीले जारी पुँजी २६ करोडको ३२।.९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिन्छ।